फुडमान्डुको वेबसाइट ह्याक हुँदा ५० हजार ग्राहकको विवरण चोरी

फुडमान्डुको वेबसाइट ह्याक हुँदा ५० हजार ग्राहकको विवरण चोरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अनलाइनमार्फत खानेकुराहरुको डेलिभरी गर्ने प्लेटफर्म ‘फुडमान्डु’ को वेबसाइटमा साइबर आक्रमण भएको छ । आक्रमणबाट ५० हजार ग्राहकको व्यक्तिगत विवरण चारी गरेको कम्पनीले जनाएको छ ।

साइबर आक्रमण ह्याकरले केबल ग्राहकको व्यक्तिगत विवरण चोरेको छ ।यहि शनिबार राती मार्च ७ मा भएको साइबर हमलाबाट ह्याकरले ग्राहकहरुको नाम, ठेगाना, इमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत विवरणहरुमा अनाधिकृत पहुँच बनाएको छ ।

कम्पनीका अनुसार ह्याकरले ग्राहकहरुको नाम, ठेगाना, इमेल तथा फोन नम्बर मात्र लान पाएको बताएको छ । कम्पनीका फाउण्डर तथा प्रमुख टेक्निकल अधिकृत मनोहर अधिकारीले यसलाई सबै सिस्टम ह्याक नभई केहि डाटा चोरि भएको छ ।

कम्पनीकाअनुसार फुडमाण्डुको वेबसाइटमा मात्र यस्तो डाटा लगिएको तर अन्य मोबाइल एपहरु भने सुरक्षित रहेको छ ।
कमजोरीलाई ठिक पारिएको र अहिले पनि फुडमाण्डुको साइट चलिरहेको जानकारी दिएको छ ।

फुडमाण्डुले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ भने प्रहरीले छानबिन सुरु गरेको छ । हालसम्म कसले र कहाँबाट त्यस्तो डाटा लग्यो भन्ने पत्ता लागेको छैन ।

Logo