सिटिजन्स बैंकले ऋणपत्रको म्याद थप्यो

सिटिजन्स बैंकले ऋणपत्रको म्याद थप्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सिटिजन्स बैंकले ऋणपत्र बिक्रीको म्याद चैत ४ गतेसम्मको लागी थप गरेको छ । पहिलो चरणमा सबै ऋणपत्र बिक्री हुन नसकेपछि बैंकले बिक्रिका लागि समय थपेको हो ।

बैकले चैत ४ भन्दा अघि नै माग भन्दा बढी आवेदन आएमा सूचना दिएर बन्द गरिने जनाएको छ ।

बैंकले फागुन २० गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र निष्कासन गरेको थियो । यसमध्ये १० लाख इकाईमा सर्वसाधारणका लागि र १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने जनाएको छ ।

बैंकले १० वर्ष अवधिको ‘सिटिजन्स बैंक डिबेन्चर २०८६ ’नाममा ऋणपत्र बिक्री खुला गरेको हो । जसमा वार्षिक १०.२५५ ब्याज पाइनेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ९ लाख ७० हजार कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।

बैंकको ऋणपत्र बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यपिटलले गर्ने भएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ । ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ ।

धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०५ ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ । तर पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउनको लागि पनि ऋणपत्रलाई आधार बनाउन थालेका छन् ।

Logo