‘६० प्रतिशत भन्दा बढी बुकिङ रद्ध भएका छन्’ : सृजना राणा, अध्यक्ष (होटल व्यवसायी महासंघ)

‘६० प्रतिशत भन्दा बढी बुकिङ रद्ध भएका छन्’ : सृजना राणा, अध्यक्ष (होटल व्यवसायी महासंघ)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
यतिबेला विश्व चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमणका कारण आक्रान्त बनेको छ । जसका कारण विश्वको अर्थतन्त्र खस्किँदै गएको छ । यो समस्याबाट नेपाल पनि अछुतो छैन । नेपालले पर्यटन वर्ष २०२० मनाइरहँदा कोरानाका कारण लक्षित (२० लाख) पर्यटक भित्र्याउन सकिरहेको छैन । त्यस्तै, होटल व्यावसायनै यतिबेला धरासायी हुने अवस्थामा पुगेको छ । कोरोना भाइरसका कारण होटल व्यावसायमा पारेको प्रभावबारे केन्द्रबिन्दुका अर्थब्युरो प्रमुख कमला आचार्यले होटल व्यवसायी महासंघ (हान) का अध्यक्ष सृजना राणासँग गरिएको छोटो कुराकानीः

होटल व्यवसायको पछिल्लो अवस्था कस्तो छ ?
अहिले होटल व्यवसायको अवस्था निकै नाजुक छ । चीनबाट आउने पर्यटकहरु आउन सकेका छैनन् । अन्य मुलुकबाट पनि पर्यटकहरु घटेको अवस्था छ ।

होटल बुकिङ रद्ध हुने क्रम कस्तो छ ?
विश्वमा ९/१० प्रतिशत गर्ने भनिएको पर्यटन क्षेत्रको वृद्धिदर नै ४/५ प्रतिशतमा झरेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ६० प्रतिशत भन्दा बढी बुकिङ रद्ध भएका छन् ।

तपाईंहरुले के पहल गर्नु भएको छ ?
पर्यटन क्षेत्रका लागि सहुलियत कर्जा, छुट लगायतका अन्य राहत तथा सहुलियतहरु उपलब्ध गराउन सरकारसँग माग गरेका छौँ ।

होटल क्षेत्रका कर्मचारीहरुलाई बिदा दिन थालिएको हो ?
व्यवसायमा नै मन्दी आउन थालेपछि आवश्यकता अनुसार बिदा बस्नु भनेका छौँ । बाँकी भएका बिदाहरु बसिसक्न भनेका छौँ ।

 

Logo