काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य आज स्थिर छ । शुक्रबार एकैदिन १८ सयले बृद्धि भएको सुनको मूल्य आज स्थिर भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ८२ हजार ५ सयमा कारोबार भइरहेको छ । विहिबार सुन ८० हजार ७०० सयमा कारोबार भएको थियो ।
बुधबार प्रतितोला २ हजार २ सय रुपैयाँले बढेर सुन ८० हजार ५ सयमा कारोबार भएको थियो । मंगलबार ७८ हजारमा कारोबार भएको सुनको मूल्य बिहिबारसम्म आउँदा २ हजार ४ सयले बढेको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी तोलाको ८९० रुपैयाँ कायम गरिएको छ ।





























प्रतिक्रिया