सुनको मूल्य बढ्नुका यी सात कारण (बुँदागत रुपमा)

सुनको मूल्य बढ्नुका यी सात कारण (बुँदागत रुपमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो एक महिनादेखि सुनको मूल्यमा उतार चढाव आइरहेको छ । चीनमा ३ महिना अगाडीबाट फैलिएको कोरोना भाइरसको प्रभावले विश्व अर्थतन्त्रमा नै प्रभाव पारेकाले सुनको मूल्यमा पनि प्रभाव देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेर आएकाले नेपाली बजारमा पनि यसको प्रभाव परेको व्यवसायीले बताएका छन् । आज नेपालको इतिहासमा नै पहिलो पटक ८२ हजार ५०० रुपैयाँ पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यसरी दैनिक सुनको मूल्यले नयाँ रेकर्ड तथा मूल्य बढ्नुमा निम्न कारण रहेका छन् ।

१.विश्वका ८४ भन्दा बढी देशमा कोरोनाको सङक्रमण फैलिएकाले
२.अमेरिकामा कोरोनाको सङक्रमण देखिएर बजारमा असर पर्नु
३.विश्वमा स्टक मार्केटमा भारी गिरावट भएकाले
४.अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढी सुनको माग बढेकाले सुनको मूल्य बृद्धी
५.अन्तर्राष्ट्रिय बजारमा डलरको तुलनामा भारु कमजोर हुनु
६.डलरको मूल्य बढ्नु
७.अन्तर्राष्ट्रिय रिर्जव बैंकले ब्याजदर घट्दा बैंकमा राख्ने पैसा सुनमा लगानी लाग्नले पनि सुनको मूल्य बृद्धी भएको छ ।

Skip This
Skip This
Logo