काठमाडौं ।
पछिल्लो समय विश्वमा कोरोनाको प्रकोप फैलिएकाले विश्व अर्थतन्त्रमा ठूलो असर पारेको छ । कोरोनाको प्रभावले अन्तर्राष्ट्रिय बजारदेखि उद्योग धन्दासमेत ठप्प भएका छन् । यसको प्रभावले नेपालको विकास निर्माणदेखि पर्यटन, होटल र वित्तिय तथा औधोगिक क्षेत्र र सुनचाँदी व्यवसायमा समेत असर देखिएको छ । यही सन्दर्भमा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यसँग केन्द्रविन्दुका अनिस मिजारले गरेको छोटो कुराकानीः
सुनचाँदी व्यवसायमा कोरोनाको सङक्रमणले कस्तो प्रभाव पारेको छ ?
कोरोना भाइरसले अहिले विश्वलाई नै त्रसित बनाएको छ । यसको प्रभावले विश्वको अर्थतन्त्रलाई नै सशंकित बनाएको छ । भने नेपालको सुनचाँदी व्यवसायमा अझ ठूलो संकट आएको छ । कोरोनाको प्रभावले मुल्य बढेको छ भने बजार नै सुनशान भएकाले व्यापार ठप्प जस्तै छ ।
सुनको मूल्य बढ्नाले बजारमा कस्तो असर परेको छ ?
यती बेला नेपालमा विवाहको लगनको समय हो । यो समयमा विगतमा दैनिक ५० केजी सम्म सुनको खपत हुने गरेकोमा अहिले व्यापार ठप्प रहेको छ । यसले गर्दा कर्मचारीलाई तलब दिन र व्यवसाय सञ्चालनमा समेत कठिन भएर यो व्यवसायबाट नै पलायन हुनुपर्ने स्थिती आएको छ । अब के विकल्प खोज्ने भन्ने निराशा छाएको छ ।
कोरोनाको सुरक्षाको लागि के गर्दै हुनुहुन्छ ?
यसका लागि हामी सबैले साबधानी अपनाउनु पर्ने हुन्छ । व्यापारमा विगत पाँच महिना यता निराशा छाएको छ । अब निराशा भन्दा पनि रोगबाट बच्नको लागि पूर्वतयारीमा लाग्ने सुरमा छौं । हाम्रो काम घरभित्र बसेर गर्ने भएकाले सबैलाई सर्तक रहन आग्रह गरेका छौं ।
कोरोनाको असरले व्यवसाय बन्द गर्ने अवस्था आएकै हो ?
कोरोनाको असरले अन्तर्राष्ट्रिय रुपमा नै सुन व्यवसायमा प्रभाव पारेको छ । यसको प्रभावले नेपालमा पनि बढी असर पारेको देखिन्छ । त्यस्तै हुदै गएमा बन्द नै गर्ने अवस्था भएको छ । कोरोनाले नेपालका सबै क्षेत्र औषधि तथा खाद्यान्नमा समेत असर पारेकाले सुनचाँदी त सामान्य नेपालीको पहुँच भन्दा बाहिर गएको छ ।





























प्रतिक्रिया