मास्कमा कालोबजारी गर्ने ६ फर्मलाई कारबाही : २ लाख रुपैयाँसम्म जरिवाना (भिडियोसहित)

मास्कमा कालोबजारी गर्ने ६ फर्मलाई कारबाही : २ लाख रुपैयाँसम्म जरिवाना (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

एक महिनादेखि चीनको वुहान सहरबाट फैलिएको कोरोनाको नेपालमा समेत जोखिम उच्च भइरहेका बेला मास्कमा कालोबजारी गर्ने विभिन्न ६ वटा फर्मलाई सरकारले कारबाही गरेको छ । अहिलेसम्म मास्क, स्यानिटाइजर लगायतका मेडिकल सामग्रीको कालोबजारी गर्ने ६ वटा कम्पनी तथा बिक्रेतालाई कारबाही गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।

उनका अनुसार विभागले दैनिक जसो अनुगमन गरिरहेको र अहिले उपत्यकाका ५० भन्दा बढी सर्जिकल पसल तथा फर्ममा अनुगमन गरेको छ । आज पनि उपत्यकाका विभिन्न ठाउँमा अनुगमन गरिरहेको महानिर्देशक सुवेदीले जानकारी दिएका छन ।

विभागले बजारमा मास्क अभाव भएको गुनासो धेरै आएपछि बजार अनुगमनका क्रममा बुधबार काठमाडौंको क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । नेपाल केयरले मास्क भएर पनि नभएको भन्दै कृत्रिम अभाव सृजना गर्दै बढी मूल्यमा विक्री गरेको पाइएको थियो ।

यस्तै बिलबिना नै महँगोमा मास्क बिक्री गरेको आरोपमा सचिन ट्रेड कन्सर्नलाई १० हजार र सोमबार त्रिपुरेश्वरको स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना तिराइएको तथा अन्य ८ वटा फर्मलाई सचेत गराइएको विभागले जनाएको छ ।

विभागले त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । यी विक्रेताले पनि बिलबिना नै महंगोमा मास्क, स्यानिटाइजर लगायतका सामग्री बेचेका थिए ।हेरौं यो भिडियोमा :


 

Logo