काठमाडौं ।
यामाहाको इन्डोनेसियन सिरिजको म्याक्सी स्कुटर एनम्याक्स १५५ को नेपाली बजारमा बिक्री प्रारम्भ भएको छ ।
यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले नेपालभर रहेका आफ्ना शोेरुममार्फत सो स्कुटरको बिक्री प्रारम्भ गरेको जनाएको छ । नेपाली सडकमा केही समयदेखि परीक्षणको क्रममा रहेको सो स्कुटरको अब औपचारिक रुपमा बिक्री प्रारम्भ गरिएको हो ।
सो नयाँ स्कुटरमा १५५ सीसी, लिक्विड कुल्ड, फोर भल्व इन्जिन छ, जसले १४.८ पीएस पावर र १३.५ एनएम टर्क प्रदान गर्छ । एनम्याक्समा एलईडी लाइटिङ सेटअप, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एबीएस र डिस्क ब्रेक जस्ता सुविधा छ । स्कुटरमा किलेस स्टार्टको सुविधासमेत उपलब्ध रहेको छ । त्यस्तै एनम्याक्समा ६.६ लिटर क्षमताको इन्धन ट्यांकी रहेको छ । अघिल्लो भागमा विन्डस्क्रिन, स्प्लिट फ्लोरबोर्ड र लामो सिट रहेको छ ।
यसमा फ्युल इन्जेक्सन सिष्टमको इन्जिन रहेको छ । त्यसैगरी, डबल च्यानल एबीएस सुविधासमेत रहेको आधिकारिक विक्रेताले जनाएको छ । यसको मुल्य ४ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।





























प्रतिक्रिया