सुनको मूल्य घट्यो, कति पुग्यो आज ?

सुनको मूल्य घट्यो, कति पुग्यो आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। शुक्रबारको तुलनामा आज प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर सुन ७८ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन शुक्रबार ७९ हजार २ रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तोलामा २ सयले वृद्धि भएर ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यमा पनि आज प्रतितोला २० रुपैयाँ घटेको छ। आज चाँदी तोलाको ८६० रुपैयाँ कायम गरिएको छ ।

Skip This
Skip This
Logo