डोटीमा असिनाले हिउँदेबाली नोक्सान, किसान चिन्तित

डोटीमा असिनाले हिउँदेबाली नोक्सान, किसान चिन्तित

केन्द्रबिन्दु
0
Shares

डोटी ।
जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासी परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो मात्रामा नोक्सानी पु¥याएको छ ।

पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काका अनुसार साँझ एकाएक परेको असिनाले यहाँका गहुँ, जौ, तोरी र तरकारीबाली पूरै सखाप पारेको छ । सो गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले करिब आधा घण्टा असिना परेको र कति क्षति पु¥यायो भन्ने आँकलन गर्न बाँकी रहेको जानकारी दिए ।

असिनाले पाकेर भित्र्याउनै लागेको हिउँदे बालीमा नोक्सान गरेपछि त्यहाँका किसान चिन्तामा परेका छन् । जिल्लाका लेकाली क्षेत्रमा खेतीको भरमा आश्रित किसान असिनापानीले फुलेको तोरी र पाक्नै लागेको गहुँ, जौ खेतीमा क्षति पु¥याएपछि निरास भएका स्थानीय भरतबहादुर बोहराले बताए ।

गएको महिना बाक्लो हिमपात भएका कारण गहुँ, जौ लागयतका बाली सप्रिने आशामा खुशी भएका यहाँका किसान शनिबार परेको असिनाले पाक्नै लागेको खाद्यान्न बालीमा क्षति पु¥याएपछि निरास भएका हुन् । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले पूर्वीचौकी गाउँपालिकासहित अन्य स्थानमा असिनाले कहाँ के–कति क्षति पु¥याएको छ जानकारी लिने काम भइरहेको जानकारी दिए।
रासस

Skip This
Skip This
Logo