काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुर जिल्लाको वेलका नगरपालिकास्थित श्री तपेस्वरी आधारभूत विद्यालय गल्फडियालाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत साठी हजारको आर्थिक सहयोग प्रदान गरेको छ ।
विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरियो । यस विद्यालयले निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । उक्त सहयोग रकमबाट विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका निम्ति शैक्षिक सामाग्री तथा कार्यालय प्रयोजनका लागि आवश्यक सामाग्रीहरुको खरिद गर्ने कुरा विद्यालय प्रशाशनले जनाएको छ ।
यस किसिमको सहयोगले शैक्षिक सामाग्रीको अभावमा पठन पाठनमा भई रहेको कठिनाई अन्त्य गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँचलाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।































प्रतिक्रिया