काठमाडौं : सुनको भाउले सोमबार नयाँ रेकर्ड बनाएको छ । छापावाला सुनको भाउ सोमबार अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ५०० रुपैयाँले बढेर ८० हजार ३०० रुपैयाँ कायम हुँदै नयाँ उचाईमा पुगेकाे हाे ।
यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला १ हजार ५०० रुपैयाँले नै बढेर ८० हजार रुपैयाँ पुगेको छ । सोमबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर ९ सय २५ रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले बताएको छ ।
पछिल्लो समय काेराेना भाइरसका कारण विश्व अर्थतन्त्र प्रभावित भइरहँदा सुरक्षित क्षेत्र खोज्दै लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा सुनकाे मूल्य बढेकाे हाे ।





























प्रतिक्रिया