सुनको मूल्य नयाँ उचाईमा

सुनको मूल्य नयाँ उचाईमा

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन सुन चाँदीको भाउले नयाँ उचाई कायम गरेकाे छ ।  शुक्रबारकाे मूल्य रेकर्डमा ७ सयले मूल्यबृद्धि  हुँदै आज फेरि नयाँ उचाईमा पुगेको हो ।

शुक्रबार ७८ हजार १ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक ७ सय रुपैयाँले बढेर तोलाको ७८ हजार ८ सय पुगेको छ । आज तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला ७८ हजार ५ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर ९२० रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

Skip This
Skip This
Logo