‘विद्युत् कटौतीमा सुधार, अब लोडसेडिङ हुँदैन’ : प्राधिकरण

‘विद्युत् कटौतीमा सुधार, अब लोडसेडिङ हुँदैन’ : प्राधिकरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पटक पटक बत्ती जाने समस्यामा सुधार आएको नेपाल विद्युत् प्राधिकरणले दाबी गरेको छ। चालु वर्षमा विद्युत् पटक–पटक जाने समस्या घट्दै गएको प्राधिकरणले जनाएको छ। पूर्व सूचना नदिएर पटक पटक बत्ती जाने, घण्टौंसम्म बत्ती नआउने जस्ता कारणले कतै फेरि लोडसेडिङ त निम्तिएन भन्ने जनगुनासो बढ्दै जाँदा प्राधिकरणले अब लोडसेडिङ नहुने विश्वास दिलाएको छ।

लोडसेडिङ नभएको भन्दै प्राधिकरणले तथ्यांकसहित विज्ञप्ति जारी गर्दै उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन कटिबद्ध रहेको जनाएको छ। प्रसारण तथा वितरण लाइन, सबस्टेसन सुदृढीकरण गर्न प्राविधिक कामका कारण विद्युत् छिनछिनमा जाने (ट्रिपिङ) को समस्या घट्दै गएको प्राधिकरणको दाबी छ।

प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा चालु वर्षमा ट्रिपिङको समस्या कम छ। विद्युतको माग सबैभन्दा बढी हुने काठमाडौं उपत्यकामा यो वर्षको मंसिरमा ३ सय ४७ पटक ट्रिपिङ भएको छ। काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत् अवरुद्ध भएको थियो।

गत वर्षको मंसिरमा ५ सय ७७ पटक ट्रिपिङ भएर ६५ घण्टा विद्युत् आपूर्ति बन्द भएको प्राधिकरणको दाबी छ। सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युतका पोल सार्न, ट्रान्सफर्मर परिवर्तन, वितरण प्रणालीको मर्मत सम्भारलगायत काम गर्न पनि विद्युत् आपूर्ति बन्द गर्ने क्रम घटेको छ। गत वर्षको मंसिरमा यस्ता कामका लागि ४ सय ९१ पटक विद्युत् आपूर्ति बन्द (सट डाउन) गरिएको थियो । यो वर्षको मंसिरमा ३ सय ६२ पटक मात्रै गरिएको छ।

माग अनुसार विद्युत आपूर्ति गर्न पर्याप्त विद्युत् रहेकाले घोषित–अघोषित रुपमा विद्युत् कटौती (लोडसेडिङ) नगरिएको प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए। शाक्यले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केबलमा क्षति पुग्ने, केही स्थानमा पोल तथा टान्सफर्मर सार्नु पर्ने लगायत कारण आसपासका क्षेत्रमा केही समय विद्युत् कटौती भएको जानकारी दिए।

‘हालसम्मको डाटा हेर्दा गत वर्षको पुसमा भन्दा यो वर्ष ट्रिपिङ कम भएको देखिन्छ, विगतमा चालिएका सुधारबाट यो वर्ष र यो वर्ष गरिएका सुधारका कारण अर्को वर्ष नतिजा देखिनेछ’, उनले भने, ‘प्राविधिक गडबढीले केहीबेर झ्याप्प बत्ती जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्‍यो भन्ने बुझ्नु हुँदैन।अन्नपूर्णबाट

Logo