माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा शुल्क लाग्ने

माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा शुल्क लाग्ने


काठमाडौं ।

कोरोना महामारीको असरका कारण गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबारमा निःशुल्क रहेकोमा आगामी माघ १ गतेदेखि एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ ।

राष्ट्र बैंकले आज भुक्तानी सम्बन्धी एक निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लाग्ने व्यवस्था गरेको होे । तर महिनामा दुई पटक मात्रै प्रयोग गर्दा भने निःशुल्क गर्नुपर्ने व्यवस्था मिलाउन बैंकहरुलाई निर्देशन दिएको छ ।

दुई पटकभन्दा बढी कारोबार गरेमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने राष्ट्र बैंकले व्यवस्था गरेको छ । यस अघि राष्ट्र बैंकले निर्देशन नै जारी गरि अर्को व्यवस्था नभएसम्मका लागि अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्था गरेको थियो । विहिवार निर्देशन जारी गर्दै यसअघि अधिकतम शुल्क तोकिएको थिएन तर अहिले शुल्कको अधिकतम सीमा प्रतिकारोबार २० रुपैयाँसम्म लिन पाउने राष्ट्र बैंकले तोकिदिएको छ ।

त्यस्तै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवाबापतको शुल्कबारे ग्राहकलाई जानकारी गराएर मात्रै लिनुपर्ने राष्ट्र बैंंकले जनाएको छ ।

Logo