राष्ट्रिय वाणिज्य बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले १२ प्रतिशत नगद लाभांश सहितको आ.व.०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारण सभामा अध्यक्ष अधिकारीले प्रतिवेदन प्रस्तुत गर्दैै सरकारको अधिकांश स्वामित्व भएको यस बैंकले विगत देखिनै सरकारी नीति तथा कार्यक्रमहरुको कार्यान्वयनमा प्राथमिकताका साथ सहकार्य गरिरहेको विचार ब्यक्त गरे ।

साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ती मन्त्रालय, उर्जा मन्त्रालय, सिंचाइ मन्त्रालयका प्रतिनीधि तथा सार्वसाधारण शेयर धनिहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष अधिकारीले प्रस्तुत गरेकोे प्रतिवेदन माथी शेयरधनिहरु अमृतनाथ रेग्मी र दामोदर प्रसाद रेग्मी, डमरु बल्लभ घिमिरे, राजेश शाक्य र रामगोपाल महर्जनले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारणा राखेका थिए । सो टिप्पणी एवं जिज्ञासाबारे बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले जवाफ दिएका थिए ।

साधारण सभामा बैंकका संचालक समितिका सदस्यहरु धनिराम शर्मा, जनककुमार बराल, प्रा.डा. राजनबहादुर पौडेल, प्रा.डा. माधबप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्वय कबिराज अधिकारी र केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल र विभागीय प्रमुखहरु, लेखापरिक्षक, सल्लाहकारहरु, बैंकभित्र क्रियाशिल ट्रेड युनियका अध्यक्षहरु लगायतकोे उपस्थिती रहेको थियो । साधारण सभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गरेका थिए । बैंकको हाल ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

Logo