एनआईसी एशिया र सूर्या लाइफ इन्स्योरेन्सबीच समझदारी

एनआईसी एशिया र सूर्या लाइफ इन्स्योरेन्सबीच समझदारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

एनआईसी एशिया बैंकको विभिन्न डिजिटल भु्क्तानी सेवाहरुको प्रयोग गरि सूर्या लाइफ इन्स्योरेन्सको बीमा शूल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरि दुई कम्पनीबीच समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।

यस बैंकले डिजिटल भुक्तानीलाई व्यापकता दिदै आइरहेकोमा पछिल्लो पटक सूर्या लाइफ इन्स्योरेन्ससँगको समझदारीले ग्राहकहरु थप लाभान्वित हुने भएका छन् । उक्त समझदारी अनुसार सूर्या लाइफका ग्राहक महानुभावहरुले यस बैंकका क्युआर कोर्ड, कार्ड पिओएस, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ लगायत विभिन्न डिजिटल भुक्तानी माध्यमहरुको प्रयोग गरि रकम भुक्तानी गर्न सक्नेछन् ।

यस समझदारी पश्चात सेवाग्राहीले ठूलो नगद रकम बोक्ने झन्झटबाट मुक्ति पाउनेछन् भने भीडरहित र सरल सेवा पनि प्राप्त गर्न सक्ने बताइएको छ । साथै आगामी दिनहरुमा बैंकले संचालनमा ल्याउने इन्टरनेट भुक्तानी गेटवे लगायत अन्य डिजिटल सेवा समेत सूर्या लाइफ इन्स्योरेन्सका ग्राहकहरुलाई उपलब्ध गराइनेछ । विश्वमा बैंकहरुले डिजिटल सेवालाई जोड दिइरहेकोमा एनआइसी एशियाले पनि यसै गरि डिजिटल भुक्तानीलाई बढाउदै लानेछ ।

यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४४१ एटिएम, १०४ वटा एक्स्टेन्सन काउण्टर एवं ४८ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Skip This
Skip This
Logo