सनराइज बैंकका ग्राहकलाई होटल अन्नपूर्णमा छुट

सनराइज बैंकका ग्राहकलाई होटल अन्नपूर्णमा छुट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै होटल, रेष्टुरेन्ट, अस्पताल तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ ।

त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उदेश्यले होटल अन्नपूर्णसँग सम्झौता गरेको छ । सनराइज बैंक लिमिटेड तथा होटल अन्नपूर्णबीच बैंकका ग्राहकहरुलाई होटल अन्नपूर्णको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले काठमाडौको दरबारमार्गस्थित होटल अन्नपूर्ण र उक्त होटलले संचालन गर्दै आएको चितवनस्थित जगतपुर लज, तथा पोखरास्थित फिस्टेल लजमा फुड, बेब्रेज र बेकरी आइटममा जस्ता सुविधाको भुक्तानी गर्दा सनराइज बैंकको डेबिट र क्रेडिट कार्ड मार्पmत भुक्तानी गरेर १५ प्रतिशतसम्मको छुट लिन सक्नेछन् ।

Skip This
Skip This
Logo