काठमाडौं ।
बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीति अन्र्तगत बालकोट, भक्तपुरको सजंय साई विद्या मन्दिरलाई विद्यालय हाताभित्र पुस्तकालय निर्माण गर्न सहयोगस्वरुप पाँच लाख उपलब्ध गराएको छ ।
उक्त सहयोग रकम यस बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बिनोद थापालाई हस्तान्तरण गरे ।
वैशाख १, ०६८ सालदेखि संचालनमा रहेको उक्त विद्यालयले हालसम्म आफ्ना सबै विद्यार्थीहरुलाई निःशुल्क शिक्षा प्रदान गर्दै आईरहेको छ । बैंकले हाल ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।





























प्रतिक्रिया