काठमाडौं ।
एनआईसी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइलबीच एनआईसी एशिया बैंकका ग्राहकहरुलाई सामसुङ्ग ग्यालेक्सी एस १० प्लस तथा सामसुङ्ग ग्यालेक्सी नोट १० प्लस खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकहरुले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवा बैंकको आफ्नै पिओएस र क्युआर मा प्रयोग गरि उक्त सेटहरु खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत वा अधिकतम ३ हजार सम्मको छुट प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सामसुङको नेपालस्थित कार्यालयका जनरल म्यानेजर प्रणय रत्न स्थापितले आदानप्रदान गरे । माघ १२ गतेदेखि फाल्गुण १६ गतेसम्म लागू हुने यस योजनाबाट बैंकका ग्राहक महानुभावहरुले अधिकतम लाभ लिन सक्नेछन् ।
बैंकले आफ्नो रणनीति अनुसार कार्ड तथा मोबाइल बैङ्किङ्गबाट गरिने विद्युतिय भुक्तानीलाई अत्याधिक प्रबर्धन गर्दै आइरहेको छ । यसै अनुरुप बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवाग्राहीहरुले यस बैंकको कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवा प्रयोग गरि विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २ हजार २५ भन्दा बढि मर्चेन्टहरुबाट १ प्रतिशतदेखि ५० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । जुन नेपाली बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट हो । उक्त छुट देशभर रहेका विभिन्न ख्यातिप्राप्त २०५ अस्पतालहरु, ६०० होटल, रिर्सोट तथा रेस्टुराँ, ९०० रिटेल आउटलेट तथा ३२० विभिन्न सेवा तथा सामान विक्रि गर्ने स्थानहरुबाट ग्राहकहरुले सजिलै प्राप्त गर्न सक्नेछन् ।
यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैकिंङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।





























प्रतिक्रिया