काठमाडौं ।
माघ १७ गतेदेखि राजधानीमा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० आयोजना हुदैछ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुट्रेक्स ट्रेड फेयर इभेन्टस् प्रालिले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनीको यो छैठौँ संस्करण हो । राजधानीको भृकृटीमण्डपमा माघ १७, १८ र १९ गते एक्स्पो हुने आयोजकले जानकारी दिएका छन् ।
प्रदर्शनीमा संसारका विभिन्न देशका २ सयभन्दा बढि ख्यातीप्राप्त ब्राण्डहरुका १५० भन्दा बढि स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ ब्यबसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउन एक्स्पो प्रभावकारी हुने आयोजकको दाबी छ । यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि प्रदर्शनी ५ वर्ष देखी आयोजना हुँदै आएको छ ।

छैठौँ नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसारभरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई अझ बढि प्रभावकारी बनाउन मद्दत गर्नेछ । यस अन्तर्राष्ट्रिय प्रदर्शनीका सहयोगी संस्थाहरुमा सोसाइटी अफ नेप्लिज आर्चिटेक्स, सोसाइटी अफ कन्सल्टिङ्ग आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फिरम्स, तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल रहने बताइएको छ ।

प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पु¥याउने आयोजकको विश्वास छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यतिm, आमनागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनीयरस् तथा इन्टेरीयर डिजाइनरहरुको सहभागिता रहनेछ । यस अन्तराष्ट्रिय प्रदर्शनीको मुल उद्देश्यको रुपमा नेपालमा भएका उच्च दर्जाका काठहरु प्रयोग गरेर फनिर्चर तथा अरु सामाग्रीहरु बनाइ निर्यात गर्ने वातावरण बनाउनु रहेको बताइएको छ । साथै यस प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपालीबजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउन सहयोग पुग्ने पनि आयोजकले जनाएका छन् ।





























प्रतिक्रिया