काठमाडौं ।
महालक्ष्मी विकास बैंक लि र नेपाल राष्ट्र बैंकबीच आरटिजिएस प्रणालीसँग सम्बन्धीत समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकसँग सोमबार आरटिजिएस प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर गरेको हो । उक्त सम्झौता पश्चात ग्राहकहरुले रियल टाइम ग्रस सेटलमेन्टबाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौट हुने हुँदा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणली विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका हुन् ।
देशका १०२ वटा शाखाहरुबाट बंैकिङ्ग सेवाप्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आधुनिक प्रविधिमा आधारित भई अनलाईन बैंकिङ्ग, एटिएम, क्युआर पेमेन्ट, मोबाईल बैकिङ्ग लगायतका सेवाहरु उपलब्ध गराउदै आईरहेको छ ।































प्रतिक्रिया