सिटिजन्स बैंकद्वारा सिटिजन्स कोसेली निक्षेप योजना संचालनमा

सिटिजन्स बैंकद्वारा सिटिजन्स कोसेली निक्षेप योजना संचालनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सिटिजन्स बैंकले ग्राहकहरुलाई थप लाभान्वित गर्न ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाताको शुभारंभ गरेको छ । यस निक्षेप योजना अन्तर्गत यस बैंकका व्यक्तिगत ग्राहक हरुले मुद्दतीमा राखेको रकम ७ बर्ष ६ महिना (९० महिना) पश्चात साँवा तथा व्याज बापत एक मुष्ट रुपमा दोब्बर हुनेगरि रकम फिर्ता पाउने छन् । यस निक्षेप योजनाबाट बैंकका ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले देशभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ८९ वटा एटिएम र १०३ वटा शाखारहित बैंकिङ्ग इकाइहरुबाट पाँच लाख भन्दा बढि ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्ना ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, डाफ्ट, भिसा डेविट/क्रेडिट/प्रिभिलेज कार्ड सेवा, भिसा ईन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलव्ध गराउँदै आएको छ ।

Logo