काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका दुई नयाँ शाखा बिहीबारबाट सञ्चालनमा आएका छन् ।
बैंकले वाग्मती प्रदेशको काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नम्बर ३, बालुवापाटी र प्रदेश नम्बर ५ को कपिलवस्तु जिल्ला, कृष्णनगर नगरपालिका वडा नम्बर २, गुरुद्वारा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुई नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयको संख्या २६९ पुगेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।
बैंकले २६९ वटा शाखा, ३७ वटा राजस्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।





























प्रतिक्रिया