काठमाडौं ।
धितोपत्र बजारमा आइतबार पनि शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा आइतबारको वृद्धिले नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३३.४३ विन्दुले वृद्धि भई एक हजार ३४३.६५ मा पुगेको हो । प्रतिशतका आधारमा नेप्सेमा २.५५ वृद्धि देखिएको हो ।
यस्तै सेन्सेटिभ परिसूचक ५.५२ विन्दुले बढेर २८८.३९ मा पुगेको हो । नेप्सेले ‘बुलिस टेन्ड’ पछ्याउँदा कारोवार रकमले पनि नयाँ उचाइ कायम गरेको छ । कूल १७८ कम्पनीको ६१ लाख ३१ हजार ४१८ कित्ता शेयर रु दुई अर्ब नौ करोड आठ लाख ७७ हजार ९१७ बराबरको कारोवार भएको हो ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूह ७.९८ ले घट्दा बैंकिङ १७.९४, होटल ४९, विकास बैंक ६६.५३, जलविद्युत् ४५.४६, निर्जीवन बीमा ३३७.०२, उत्पादन ५९.९४, अन्य १२.३६, लघुवित्त ३२.०६, जीवन बीमा ४०३.२५ र सामूहिक लगानी कोष ०.५४ ले वृद्धि भएको छ ।































प्रतिक्रिया