ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर जिल्ला प्रशासन कार्यालय गुल्मीमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर जिल्ला प्रशासन कार्यालय गुल्मीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले जिल्ला प्रशासन कार्यालय, तम्घास, गुल्मी परिसरमा नयाँ एक्सटेन्सन एवं राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बैंकको काउण्टरको जिल्ला प्रशासन कार्यालय, गुल्मीका प्रमुख जिल्ला अधिकारी कोसहरि निरौलाले उद्घाटन गरेका थिए । सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरीउक्तएक्सटेन्सन तथा राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको बताएकाे हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले २६६ शाखा, २५५ एटिएम, ३७ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको बताएकाे छ।

कार्यक्रममा गुल्मी जिल्लाका कोष तथा लेखा नियन्त्रण कार्र्यलयका प्रमुख राम बहादुर खड्का लगायत अन्य विशिष्ट पदाधिकारी एवं स्थानियवासीहरुको उपस्थिति थियो ।

Skip This
Skip This
Logo