काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आजबाट थप चारवटा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले चितवनको टाँडी, लमजुंगको भोटेओडार, कपिलवस्तुको जितपुर तथा नुवाकोटको देवीघाट शाखा संचालनमा ल्याएको बताएको हाे ।
उक्त शाखाहरूको शुभारम्भ समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति थियो । यी शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवा छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

बैंकले प्रदेश नं १ मा ११, प्रदेश नं २ मा ८, बागमती प्रदेशमा ३९, गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा १३, कर्णाली प्रदेशमा ७ तथा सुदूर पश्चिम प्रदेशमा ५ गरी कुल ८९ वटा शाखा मार्फत सेवा दिइरहेकाे जनाएकाे छ । बैकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
बैंकले नेपाल राष्ट्र बैंकबाट “ख”वर्गको इजाजतप्राप्त श्री सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरिसकेको र प्राप्तिपश्चात बैंकको कुल शाखा १०३ पुग्ने बताइएकाे छ ।






























प्रतिक्रिया