राज्यको नीतिनियम पालना गरेर व्यवसाय गर्ने अवस्था छैन : ग्रील तथा स्टील व्यवसायी

राज्यको नीतिनियम पालना गरेर व्यवसाय गर्ने अवस्था छैन : ग्रील तथा स्टील व्यवसायी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ग्रील तथा स्टील व्यवसायीहरुले अहिलेको अवस्थामा राज्यको नीतिनियम पालना गरेर व्यवसाय गर्ने अवस्था नरहेको बताएका छन् ।

ग्रील तथा स्टील व्यवसायी संघ, काठमाडौंको वार्षिक साधारण सभामा ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले अहिलेकै अवस्थामा रहेर काम गर्ने हो भने सरकारका नीति नियमहरु पालना गर्न नसक्ने बताएका हुन् । उनले साना लघु घरेलु उद्योगको रुपमा रहेका ग्रील तथा स्टील व्यवसायीहरुले सरकारका नीति नियमको पालना गर्ने हो भने व्यवस्थापनमा समस्या हुने तथा पूँजीको अभाव हुने बताए । उनले यो व्यवसायलाई प्रतिस्पर्धी बनाउन प्रविधिको प्रयोग आवश्यक रहेको र सरकारले त्यसमा अनुदान दिनुपर्ने बताए । प्रविधिमा सरकारले अनुदान दिएमा उत्पादन बढ्ने र उत्पादन बढेपछि आम्दानी बढ्ने भएकाले श्रमिकलाई सेवा सुविधा बढाउन र सरकारका नीतिहरु पालना गर्न सकिने उनको भनाई थियो ।

कार्यक्रममा अध्यक्ष कटुवालले व्यवसायीहरु पनि जिम्मेवार बनेर प्रविधिको प्रयोग बढाउन लाग्नु पर्ने बताए । उनले प्रविधिमा अनुदान दिन महासंघले सरकारसँग प्रस्ताव लगेको जानकारी समेत दिए । व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले बजारको व्यवस्था गर्नुपर्ने र सहुलियत दरमा कर्जा उपलब्ध गराउनुपर्ने उनको धारणा थियो ।

Logo