२०१९ सफल भएको दराजको निष्कर्ष, २०२० का लागि तयारी गर्दै

२०१९ सफल भएको दराजको निष्कर्ष, २०२० का लागि तयारी गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ । नेपालको अग्रणी अनलाइनबजार, दराजले, सन् २०१२ मा स्थापना भएदेखि नै अनलाइन उद्योगमा आफ्नो छाप छोड्दै आएको छ । २०१८ मा अलिबाबाले दराज अधिग्रहण गरेको हो, र हाल दराज पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा कार्यरत छ । सन् २०१८ मा दराज एपको व्यापक रिडिजाइन, र २०१९ का थप सुधार तथा विकासहरू मार्फत, दराजले आफ्नो ग्राहकहरूको संख्यामा वृद्धि भएको जनाएको छ ।

कम्पनीका अनुसार सन् २०१८ देखि कम्पनीले ग्राहक तथा विक्रेता संख्यामा २००% र अर्डरहरूमा २७०% को वृद्धि देखेको छ।  २०१९ मा भएको दाराज ११.११ को दोस्रो संस्करणले नै एक्लै ३.५ लाखभन्दा बढी प्रयोगकर्ताहरू दर्ता गर्‍याे, जुन २०१८ को ११.११ को तुलनामा दाेब्बर बढी हो ।

२०१९ मा धेरै नयाँ अपग्रेडहरू गरिए । दराजले आफ्नो पूर्वाधार र स्रोतहरूमा ठूलाे लगानी गर्दै दराज एक्स्प्रेस (डेक्स) नामक आफ्नो लजीस्टीक्स इकाई पनि स्थापना गर्‍याे भने ३०० भन्दा बढी कर्मचारी पनि थप्यो । २०१९ मा सामसङ, क्यासियो, एडिडास, टाइटन, सियाउमी, सोनमगियर्स, टिभिएस, आदि जस्ता विभिन्न ब्रान्डहरु पनि दाराजसँगै सामेल भएकाे कम्पनीले बताएकाे छ।

दराज एपले दैनिक १ लाखभन्दा बढी प्रयोगकर्ताहरू होस्ट गर्दछ र हरेक महिना १.६ लाख प्याकेजहरू सम्पूर्ण नेपालभर वितरण गर्दछ । नेपालमा मात्र दराजले ३००० भन्दा बढी विक्रेताका साथ लाखौं उत्पादनहरू हजारौ ग्राहकसम्म पुर्‍याउँछ ।

कम्पनीले २०२० मा अझै धेरै दराज प्रयोगकर्ता र विक्रेताहरू संलग्न गर्ने उदेश्य राखेको छ। यसका लागि कम्पनीले लजिस्टिक इकोसिस्टमलाई सुधार्ने तथा देशभर नेटवर्क बढाई देशभरिका विक्रेताहरुले दराजमाव्यापार गर्ने मौका दिने र डिलिभरि लोकेसनहरू थप्ने बताएकाे छ ।

 

Logo