नबिल बैंकले थप्यो २३ नयाँ शाखा

नबिल बैंकले थप्यो २३ नयाँ शाखा

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ । पछिल्लो समयमा नेपालको विकसित, अर्ध–विकसित तथा ग्रामीण स्थानहरूमा सेवा दिँदै आएको नबिल बैंकले २३ वटा नयाँ शाखा थप गरेको छ । यसबाट आम जनमानसमा सरल र सुलभ वित्तीय पहुँच पुग्ने बैंकले जनाएको छ ।

बैंकले प्रदेश एकमा इनरुवा, विराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाट, प्रदेश २ मा मिर्चैया, गोलबजार, सिरहा र चन्द्रपुर, प्रदेश ३ मा कमल विनायक, हात्तीगौँडा, कपन, गजुरी, बनेपा, पनौती र पर्सा, प्रदेश ४ मा गैँडाकोट, दलदले र कावसोती तथा प्रदेश ५ मा चन्द«ौटा, बर्दाघाट र मणिग्राम गरी जम्मा २३ नयाँ शाखा सञ्चालनमा ल्याएको बताएको हो ।

बैंकले देशभर आफ्ना १ सय २ शाखा, १ सय ४३ एटिएम र १ शजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको जनाएको छ ।

Logo