काठमाडौं ।
गत बुधबारदेखि वृद्धि भएको नेप्से परिसूचक मंगलबार भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोवार मापक नेप्से परिसूचक ७.४८ अङ्कले घटेर एक हजार २६३.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि २ अङ्कले ओरालो लागेर २७४.२८ मा पुगेको छ । परिसूचक घटे पनि कारोवार रकम भने अर्ब माथि छ । स्टकका अनुसार मंगलबार १८३ कम्पनीका ३७ लाख ६६ हजार ९८२ कित्ता शेयर एक अर्ब दुई करोड ६४ लाख ४३ हजार ६६६ मा खरीदबिक्री भयो ।
कारोवार भएका १२ मध्ये सात उपसमूहको शेयर घटेको छ । बैंकिङ १०.३६, जलविद्युत् ११.३५, निर्जीवन बीमा ४८.८, उत्पादन ३.६८, लघुवित्त ८.७२, जीवन बीमा ५१.६६ र सामूहिक लगानी कोष ०.०८ अङ्कले घटेको छ । व्यापार ६५.०७, होटल ५.४१, विकास बैंक ०.७ र फाइनान्स ८.४४ र अन्य उपसमूहको शेयर ५.२१ अङ्कले बढेको छ । कारोवार रकमका आधारमा आज प्रभु बैंक लिमिटेडको संस्थापक शेयर सबैभन्दा बढी कारोवार भयो । सो बैङ्कको शेयर ११ करोड ३४ लाखमा खरीदबिक्री भयो ।































प्रतिक्रिया