एकैदिन ८ सयले बढ्यो सुन, कति छ आजको मूल्य ?

एकैदिन ८ सयले बढ्यो सुन, कति छ आजको मूल्य ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । आइतबार स्थिर रहेको सुन आज प्रतितोला ८ सयले बढेको हो ।

गत हप्ता शुक्रबार तोलामा ४ सय रुपैंयाँले बढेको सुन आइतबार स्थिर रहेको थियो । विहिबार सुन ९४ हजार १०० रुपैंयाँमा कारोबार भएको थियो ।

आज सुन प्रतितोला ९५ हजार ३०० रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय कायम गरिएको छ भने चाँदीको मूल्य २५ रुपैंयाँले बढेको छ । आज चाँदी १ हजार ३२५ रुपैंयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

Logo