सरकारसँग पुरानै रोग छ : पूर्व अर्थमन्त्री डा. लोहनी (भिडियो)

सरकारसँग पुरानै रोग छ : पूर्व अर्थमन्त्री डा. लोहनी (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं — पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले अर्थतन्त्रको अवस्था स्थिर भएपनि बजेट कार्यान्वयनमा सुधार जरुरी रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपको आयोजनमा सम्पन्न ‘नेपाली अर्थतन्त्र ः आजको अवस्था र भोलिको दिशा’ विषयक कार्यक्रमा बोल्दै उनले स्थायी सरकार आएपछि कठोरताका साथ नीति कार्यन्वयन गर्नुपर्नेमा झन कमजोर भएको बताएका हुन् ।
असारमा मात्र विकास बजेटको ३५ देखि ४० प्रतिशत रकम खर्च हुने पुरानो रोग भएको बताउँदै उनले बजेट खर्च कार्यन्वयनमा सरकारले चासो नदिँदा थप कमजोर भएको विश्लेषण सुनाए । उनले समयमा विकास बजेट खर्च नगरी असारमा मात्र हतार हतार गर्नु भनेको निर्णय गर्ने क्षमतामा अनुशासन नभएको बताए ।
साथै आर्थिक वर्षको अन्त्यमा हतारमा मात्र खर्च हुँदा काम प्रभावकारी नहुनुका साथै देशमा अर्थतन्त्रको सूचकहरु राम्रो भए पनि विकासमा फड्को मार्न नसक्ने भन्दै विकासमा फड्को मार्न संरचनागत सुधार आवश्यक रहेको पनि डा. लोहोनीले जिकिर गरे ।

Skip This
Skip This
Logo