पाँच महिनामा ३६ करोड राजस्व सङ्कलन

पाँच महिनामा ३६ करोड राजस्व सङ्कलन

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

मालपोत कार्यालय विराटनगरले चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा कूल ३६ करोड ८ लाख ८५ हजार ९२८ राजस्व सङ्कलन गरेको छ ।

सङ्कलित राजस्वमा घरजग्गा पास, बैङ्क दृष्टिबन्धक, हालैको बकस, शेषपछिको बकस लगायत जग्गा खरिदबिक्रीबाट २५ करोड चार लाख ९५ हजार ३३६, पूँजीगत लाभकरतर्फ ११ करोड ७१ लाख ८९ हजार ५५९, पूर्जा विक्रीबाट एक लाख ४९ हजार ५५० उठेको थियो ।

त्यस्तै न्यायिक दस्तुरबापत एक लाख ३१ हजार ४७० र अन्य राजस्व बापत दुई लाख २० हजार १३ राजस्व सङ्कलन भएको हो ।
रासस

Logo