काठमाडौं ।
विक्रिपछिको सेवामा उत्कृष्टता प्रदान गर्दैै आफ्ना उपभोक्तालाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ ओपोले काठमाडौंमा आफ्नो दोस्रो कस्टमर केयर सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । सीटीसी मलस्थित यो सेवा केन्द्र कम्पनीको काठमाडौंमा सञ्चालनमा ल्याइएको दोस्रो हो । नेपालमा विक्रि गरिएका ओपो फोन्सका लागि उत्कृष्ट विक्रिपछिको सेवा उपलब्ध गराउनु नयाँ सेवा केन्द्रको उद्देश्य हो ।
काठमाडौंको सुन्धारास्थित सीटीसी मलको पाँचौँ तल्लामा यूनिट्स ६०६ र ६०६ एमा अवस्थित नयाँ सेवा केन्द्रले आईतबारदेखि शुक्रबार विहानको १० बजेदेखि बेलुकी ६ बजेसम्म उपभोक्तालाई मर्मत लगायत विक्रिपछिको सेवा उपलब्ध गराउनेछ । उपभोक्ताको सहजताका लागि कम्पनीले टोलफ्रि नम्बर १६६००१८८८८६ पनि सञ्चालनमा ल्याएको छ । ओपो मोबाइल सम्बन्धि आफ्ना समस्याका समाधान तथा जिज्ञासाको समाधान यस नम्बरबाट प्राप्त गर्न सकिन्छ । साथै, उपभोक्ताले आफ्ना समस्या तथा जिज्ञासाका लागि ९८०८१३०४१७ र ९८५१२१०६२३ मार्फतपनि सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।





























प्रतिक्रिया