काठमाडौं ।
नेपाल आयल निगमले निगमको प्रादेशिक कार्यालय भलवारीमा तेल लोड-अनलोड गर्ने अत्याधुनिक प्रविधि जडान गर्ने कार्य सुरु गरेको छ ।
तेल लोड-अनलोड गर्दा लामो समय लाग्ने भएकाले यसका लागि नयाँ प्रविधि जडान गर्न लागिएको प्रादेशिक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नयाँ प्रविधि जडानपछि ८ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिने भएको छ ।
यसअघि सो कार्यालयबाट ८ घण्टामा ३/४ लाख लिटर मात्र लोड गर्न सक्ने अवस्था रहेको थियो । अहिले यस डिपोमार्फत लुम्बिनी प्रदेशका आठ जिल्लामा दैनिक १० देखि ११ लाख लिटर डिजेल र तीन लाख लिटर पेट्रोल बिक्री गर्दै आएको छ । नयाँ प्रविधि जडानसँगै ट्यांकरहरुले लोड अनलोड गर्न घण्टौंसम्म कुर्नु पर्ने समस्या समाधान हुने भएको छ ।





























प्रतिक्रिया