सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ७४ हजार ५ सय

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ७४ हजार ५ सय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य एकै दिन तोलामा एक हजार रुपैयाँ बढ्दै प्रतितोला ७४ हजार पाँच सय रुपैयाँ पुगेको हो । सुनको यो मूल्य अहिलेसम्मकै बढी हो । विहिबार सुन प्रतितोला ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको सुनको मूल्य फुनः उकालो लागेको हो । चाँदी भने आज प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Logo