काठमाडौँ ।
एनआईसी एशिया बैंक लिमिटेड र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. बुटवलबीच एनआईसी एशिया बैंकका सम्पुर्ण ग्राहकहरु र बैंकका कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १० देखि १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रदेश नं. ५ का यस बैंकका प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक बिमल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
बैंकले मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।































प्रतिक्रिया