नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध निर्वाचित

नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध निर्वाचित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल अटोमोवाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवारका रुपमा चर्चामा रहेका नाडाका वर्तमान उपाध्यक्ष प्रकाश कपुरीले मनोनयन दर्ता नगरेपछि दुलाल निर्विरोध भएका हुन् ।

झण्डै १ दशकदेखि नाडामा आवद्ध दुलालले ४३ औं साधारणसभा मार्फत शुक्रबार औपचारिक रुपमा अध्यक्षको पदभार ग्रहण गरेका हुन् । सवारी तथा सवारीजन्य वस्तुहरुको बिक्रेता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी नेतृत्व चयनका लागि गत मंसिर २९ गते मनोनयन दर्ता गरि पुस ४ गते साधारणसभा गरेको थियो ।

नाडाको विधान अनुसार १ जना अध्यक्ष र साधारण सदस्यबाट १४ तथा संस्थागत मध्येबाट ४ जना गरी १९ जनाको कार्यसमिति निर्वाचन हुनेछ। संस्थाको पदाधिकारीहरु भने कार्यसमितिबाटै चयन हुने व्यवस्था रहेको छ।

नवनिर्वाचित सदस्यहरुमा करण कुमार चौधरी ,आकाश गोल्छा, सुनिल रिजाल, अनुप कुमार बराल, सुरेन्द्र कुमार चौधरी, विक्रम सिंघानियाँ रहेका छन् । त्यस्तै राजन बाबु श्रेष्ठ , निराकर श्रेष्ठ, अभिक ज्योति, मिलन बाबु मल्ल, दिपक कुमार अग्रवाल, सुरज भट्टराई, पंकज अग्रवाल, निलमणि पाठक रहेका छन् । यस्तै संस्थागत सदस्यहरुमा ध्रुर्वबहादुर थापा, सुभास आर्चाय, नवराज डल्लाकोटी र ऋषि कुमार ढकाल रहेका छन् ।

Logo