काठमाडौं । गत मंगलबारदेखि स्थिर रहेकाे चाँदीकाे मूल्य आज सामान्य बढेकाे छ । प्रतिताेला ८५० रुपैयाँमा कारोबार भइरहेकाे चाँदी आज प्रतितोला पाँच रुपैयाँ वृद्धि भएर तोलाको ८५५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवशायी महासंघले जनाएकाे छ ।
यता सुनको मूल्य भने पाँच दिनदेखि स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार गत बुधबारदेखि बजारमा सुनको मूल्य स्थिर रहेको हो ।
बजारमा छापावाल सुन प्रतितोला ७१ हजार छ सय र तेजावी सुन प्रतितोला ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।































प्रतिक्रिया