आइएमई ग्रुपद्वारा आफ्ना ग्राहकहरुलाई भाइकिङ्ग बस हस्तान्तरण

आइएमई ग्रुपद्वारा आफ्ना ग्राहकहरुलाई भाइकिङ्ग बस हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

आइएमई ग्रुप अन्तर्गत सञ्चालित ‘आइएमई मोटर्स प्रालि’द्वारा प्रवर्द्धित अशोक लेलैण्डले काठमाडौंमा एक कार्यक्रम गरी VIKING 222 मोडलका बसहरु आफ्ना ग्राहकहरुलाई हस्तान्तरण गरेको छ ।

कम्पनीका अनुसार हस्तान्तरण गरिएका सम्पूर्ण गाडिका मोडलहरु २०२१ का रहेका छन् । साथै यो अवसरमा VIKING 222 , १०० वटा भन्दापनि बढि बाटोमा गुडिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सोमबार डेलिभरी गरिएका २०२१ मोडलका बसहरु यस वर्ष पहिलो पटक नेपालमा गुड्ने छन् । गाडि लिने मध्ये एक ग्राहकले भने, “यो गाडि मैले पहिलोपल्ट लिएको हैन, मसँग १० वटा VIKING बसहरु छन् । जुन अहिले पनि पूर्व पश्चिम रुटहरुमा मज्जाले चल्दै आएका छन्, ग्राहकहरुको माग अनुसार आरामदायी यात्रा साथै राम्रो कमाई हुने भएकाले मैले VIKING  लाई नै रोजें र साथिहरुलाई अरु ब्राण्डतिर नजान सल्लाह दिन्छु ।”

VIKING 222, रुट बसमा चल्ने बसमध्ये सबैभन्दा रुचाइएको बस हो । यसमा इनलाईन फ्युल पम्प हुनुका साथै एचसिरिज इन्जिन रहेको छ । जसले गर्दा इन्धन कम खपत हुन्छ । साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ । VIKING 222 मा ओभर ड्राईभ गियर बक्सले काम गर्ने भएको हुँदा १८० एचपी इन्जिनको साथमा द्रुतगतिको आरामदायी यात्रा गर्न सकिन्छ । रियर एयल सस्पेन्शन, डारिरेक्ट ड्राइभ, इनलाईन फ्युलपम्प साथै धेरै माइलेजले गर्दा यो गाडी अन्य गाडीभन्दा फरक र विश्वासिलो रहेको सेल्स हेड सुशिल सुबेदीले बताए ।

नेपालमा हरेक लामो दुरी रुटमा VIKING गाडिहरु चल्दै आएका छन् । अत्याधिक माग अनुसार कम्पनीले ग्राहक वर्गहरुलाई विशेष सर्भिस पनि दिँदै आएको छ । आफ्ना १३ वटा सर्भिस नेटवर्कबाट सर्भिस लिन सकिने हुँदा कुनै पनि ठाउँमा गाडी बिग्रिएमा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।

Logo