राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा निर्मित रक्त संचार केन्द्रको शुभारम्भ

राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा निर्मित रक्त संचार केन्द्रको शुभारम्भ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी अस्पताल, काठामाडौंमा निर्मित रक्त संचार केन्द्रको बुधबार नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रुपमा समुद्घाटन गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ४० लाख सहयोगमा रक्त संचार केन्द्र निर्माण भए बापतको चेक रकम बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई सो समारोहमा हस्तान्तरण गरे । समारोहमा प्रहरी महानिरिक्षक खनालले मानवता सम्बन्धि पुनित कार्यमा राष्ट्रिय वाणिज्य बैंकले सहयोग गरेकोमा कृतज्ञता ब्यक्त गरे । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाल प्रहरीलाई आधुनिक बैंकिङ्ग सेवा दिन बैंक संधै तत्पर रहेको र आवश्यक भएमा बैंकले नयां क्षेत्रमा सहयोग गर्ने बताए ।

०४० सालबाट सुरु भएको नेपाल प्रहरी अस्पतालले प्रहरी कर्मचारीहरुलाई निशुल्क सेवा, पूर्व प्रहरी तथा तिनका आश्रित परिवारहरुलाई अति न्यून शुल्कमा सेवा उपलब्ध गराउदै आएको छ भने शुलभ मूल्यमा सर्वसाधारण नागरिकहरुलाई समेत २०७४ सालबाट सेवा दिईरहेको छ ।

कार्यकममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, विभागीय प्रमुख सरोज बस्नेत, शाखा कार्यालय नक्सालका प्रबन्धक ईश्वरी न्यौपाने, त्रिभुवन विश्वविद्यालय रक्त संचार केन्द्रका नुमामाया गुरुङ्ग, प्रहरी अतिरिक्त महानिरिक्षक ठूले राई, उच्च प्रहरी अधिकृतहरु, प्रहरी कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

Logo