काठमाडौं ।
आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायकासाथ सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले नुवाकोट स्थित बट्टारमा १२८ औं शाखा संचालनमा ल्याएको छ ।
सोमबार आयोजित उद्घाटन कार्यक्रममा केन्द्रिय सांसद नारायण प्रसाद खतिवडा, बट्टार नगरपालिकाका मेयर सन्जु पण्डित र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गर्नु भएको थियो । सोही कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले ए.टि.एमको उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
हालसम्म सनराइज बैंकले १२८ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एमहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।





























प्रतिक्रिया