काठमाडौं ।
काभ्रेस्थली कृषि सहकारी संस्थाले आफ्नो छैठौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको अवसर पारेर संस्थाले आफ्नो वार्षिक प्रगति विवरण तथा लेखा प्रतिवेदन प्रस्तुत गरी पारित गरेको छ ।
कृषि क्षेत्रमा उल्लेख्य लगानी गरिरहेको काभ्रेस्थली कृषि सहकारीले साधारणसभामा विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरेको थियो । यस संस्थाबाट सहुलियत दरमा ऋण लिएकाहरुले अहिले कृषिमा लगानी गरेर उदाहरणीय बन्न सफल भएका संस्थाका अध्यक्ष रामसुदन भण्डारीले बताए ।
तारकेश्वर नगरपालिकाका उपप्रमुख भवानी डोटेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा हिमाल शर्मा विशेष अतिथि रहेका थिए भने संस्थाका सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो ।































प्रतिक्रिया