नेपाल पूर्वाधार बैंक विदेशी एक्सचेन्जमा सूचिकृत हुने

नेपाल पूर्वाधार बैंक विदेशी एक्सचेन्जमा सूचिकृत हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल पूर्वाधार बैंकले चालु आर्थिक वर्ष भित्र विदेशी वित्त बजारमा अफसोर्स बण्ड जारी गरी ५ अर्ब रुपैयाँ भित्र्याउने भएको छ ।

बैंकको आइतबार बसेको साधारणसभामा बैंकका अध्यक्ष अनुज अग्रवालले विदेशी वित्त बजारमा ५ अर्ब रुपैयाँ बराबरको अफसोर्स बण्ड जारी गरी विदेशी एक्सचेन्जमा सूचिकृत गर्ने बताउनु भएको हो । ०७५ फागुन २२ गते देखि औपचारिक रुपमा सञ्चालनमा आएको यो बैंकले आर्थिक वर्ष ०७५/०७६ मा कुनैपनि पूर्वाधार तथा परियोजनामा लगानी गर्न सकेको छैन । अध्यक्ष अग्रवालले बैंकले लगानीका लागि पूँजी निर्माण र लगानीका लागि परियोजनाको छनोटको विषयमा काम गरिरहेको बताउनुभयो ।

पूर्वाधार विकास बैंकले अहिलेसम्म कांस्की जिल्लामा रहेको ३२ मेगावाटको करुवा सेती र ४९ मेगावाटको मिडल मेवा जलविद्युत आयोजनामा कर्जा प्रवाह गरेको छ । यी आयोजनामा करिब ३ अर्ब लगानी स्वीकृत गरेको बैंकले जनाएको छ । बैंकको साधारणसभाले कुल पूँजीको ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न गर्नुपर्ने सबै कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ । यो प्रकृया पुरा भएपछि बैंकको चुक्ता पूँजी १२ अर्बबाट बढेर २० अर्ब रुपैयाँ पुग्नेछ । त्यस्तै बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १० पैसा र प्रतिशेयर नेटवर्थ १ सय ६ रुपैयाँ ५७ पैसा रहेको छ ।

Skip This
Skip This
Logo