काठमाडौं, २०७६ मंसिर २६ । पछिल्लो केही दिन निरन्तर घटिरहेको सुन–चाँदीको भाउ बिहीबार भने बढेको छ । बुधबार स्थिर रहेकाे
सुनको मूल्य बिहीबार प्रतितोला ४ सय रुपैयाँले बढेको छ। मंगलबार छापावाला सुन तोलाको २०० रुपैयाँले घटेर ७० हजार ८०० रुपैयाँमा आइपुगेको थियो ।
यस्तै, तेजाबी सुन पनि ४०० रुपैयाँले नै बढेर ७० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुनको भाउ ७० हजार ५०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार चाँदी तोलाको ८ सय ४० रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ।





























प्रतिक्रिया