पोखरामा आएर देउवाले सूर्यलाई हत्केलाले छेक्न खोजे– प्रचण्ड

पोखरामा आएर देउवाले सूर्यलाई हत्केलाले छेक्न खोजे– प्रचण्ड


पोखरा । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा आएर सूर्यलाई हत्केलाले छेक्न खोजेको बताएका छन् ।

बुधबार पोखराको नयाँबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस सभापति देउवाले झुटो कुरा गरेर जनतामा भ्रम छर्न खोजेको पनि बताए ।

केही दिनअघि मात्रै पोखरामै आयोजित चुनावी सभामा कांग्रेस सभापति देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भू–भागमा पार्ने गरी भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर नक्सा जारी गरेको आरोप लगाएका थिए ।

उक्त आरोपलाई लिएर नेकपाका नेताहरूले देउवाको  चर्को आलोचना गरिरहेका छन् ।

चुनावी सभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले पनि देउवाले सूर्यलाई हातले छेक्ने खोज्नेजस्तो गरी हल्का अभिव्यक्ति दिएको टिप्पणी गरे ।

अध्यक्ष प्रचण्डले कांग्रेसका केही नेतामा अझै पनि हैकमवादी प्रवृत्ति रहेको उल्लेख गरे । उनीहरूले जनतालाई कारिन्दा सम्झेर फर्मान जारी गर्ने गरेको प्रचण्डको आरोप थियो ।

Logo