काठमाडौं,
सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्देश्यका साथ झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं २, मा ३९ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
ज्येष्ठ नागरिक सेवा समितीका अध्यक्ष, श्री ठाकुर प्रसाद शिवाकोटी र बैंकको प्रादेशिक कार्यालय १ का सदस्य श्री पुर्ण बहादुर थापाले मंसिर ७, मा एक समारोहका बीच मेचीनगरमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नुभयो ।
सो समारोहमा श्री ठाकुर प्रसाद शिवाकोटी र श्री पुर्ण बहादुर थापाले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि श्री दिल बहादुर कार्कीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।
हालसम्म सनराइज बैंकले वटा १२४ शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करीब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा संचालन गर्ने योजना रहेको जनाएको छ ।





























प्रतिक्रिया