कपडामा एकै व्यक्तिद्वारा एक करोड २६ लाख राजश्व छली

कपडामा एकै व्यक्तिद्वारा एक करोड २६ लाख राजश्व छली

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

भारतबाट कपडा आयात गर्दा एक व्यक्तिले भन्सार छलेर एक करोड २६ लाखको राजश्व चुहावट गरेको पाइएको छ । सप्तरी घर भई काठमाडौँ महानगरपालिका–८ बस्ने देवी इम्पोर्ट एण्ड एक्सपोर्टका सञ्चालक देवी भगतले कपडामा भन्सार चोरी पैठारी गरी एक करोड २६ लाख बिगो बराबरको राजश्व चुहावट गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

उक्त कम्पनीले भारतबाट कपडा र कपडाजन्य मालवस्तु भन्सार चोरी पैठारी गरी भन्सारतर्फ २३ लाख, मूल्य अभिवृद्धिकरतर्फ २८ लाख र आयकरतर्फ ७५ लाख बिगो बराबरको भन्सार छलेको विभागले शुक्रबार एक सूचना जारी गरी जनाएको छ ।

राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन अनुसार बिगो असुल गराई त्यसको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजायको माग दाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो ।

Logo