एनआइसी एशिया बैंकले मंगलबार जारी गरेको विज्ञप्ति सच्याएको छ। बैंकले ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बिषयको प्रेस विज्ञप्ति सच्याएको हो।
‘बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अधिकतम लाभ प्रदान गर्ने उदेश्यले ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ योजना सार्वजनिक गरेको जानकारी गराउदै उक्त योजना बैंकको ‘सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता’ को नाम परिर्वतन मात्र रहेको समेत जानकारी गराइन्छ ।’ विज्ञप्तिमा भनिएको छ।
जनमासहरुलाई सजिलो संग बुझ्न र बुझाउन सजिलो होस भन्ने हेतुले यस योजनालाई ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ नामाङ्कन गरीएको बैंकले जनाएको छ । ‘रिकरिङ्ग निक्षेप एक विशेष प्रकारको मुद्दती निक्षेप योजना हो जसमा ग्राहक महानुभावहरुले आफ्नो भविष्यको विभिन्न योजनाहरुको लागि चाहिने वित्तिय श्रोत जुटाउनका लागि मासिक रुपमा किस्ताको हिसाबले उक्त खातामा जम्मा गरी चाहिएको रकम जम्मा गर्न सकिन्छ ।’ बैंकले भनेको छ।
बैंकले सार्वजानिक गरेको ‘सुपर चमत्कारिक खाताहरु’ अन्तर्गत उक्त ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बचत खाता नभई एक विशेष प्रकारको मुद्दती खाता भएकोले ग्राहकले ३ महिनादेखि १० वर्षसम्मको लागि आफ्नो आवश्यकता अनुसार खाता खोल्न र मुद्दति निक्षेपकै ब्याज आर्जन गर्न सक्नेछन् ।































प्रतिक्रिया